PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फिल्म 'प्रेमलीला’को ४ पोस्टरमा प्रेमभाव



पहिलोपोस्ट

फिल्म 'प्रेमलीला’को ४ पोस्टरमा प्रेमभाव

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भयो। पोस्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का फिचर्ड छन्।

प्रचार सामाग्रीका रुपमा ४ पोस्टर रिलिज गरिएको छ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फर्स्ट लुक र पहिलो गीत 'जाने क्या हुवा ए' यसअघि सार्वजनिक भइसकेको छ। फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

दीपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ। नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।

फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell