PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजको पहिलो जित



पहिलोपोस्ट

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजको पहिलो जित
फोटो : गोलनेपाल डट कम

काठमाडौँ : ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

यसअघिका दुई खेलमा हार बेहोरेको बीबीसीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै विभागीय टोली एपीएफलाई पराजित गर्दै पहिलो अंक जोडेको हो।

सातदोवाटोस्थित एन्फा क्म्प्लेक्समा भएको खेलमा बीबीसीले दश खेलाडीमा झरेको एपीएफलाई ३-१ ले पराजित गर्‍यो। जितपछि बीबीसीले ३ अंक जोडेको छ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो। ६०औँ मिनेटमा रुप बहादुर लामाले गोल गर्दै एपीएफलाई पहिले अग्रता दिलाएका थिए। त्यसको चार  मिनेट पछि नै मनोज राईले बीबीसीका लागि बराबरी गोल फर्काए। ६९औँ मिनेटमा ताजुदिमले गोल गर्दै बीबीसीलाई २-१ को अग्रता दिलाए। ७६औँ मिनेटमा कजिमले बीबीसीका लागि तेस्रो गोल गरे। 

८९औँ मिनेटमा विश्वास उदासले रातो कार्ड खाएपछि एपीएफ दश खेलाडीमा झरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell