PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रजनिकान्त र अक्षय कुमारको ‘२.०’लाई प्रदर्शन अघि ३७० करोड



पहिलोपोस्ट

रजनिकान्त र अक्षय कुमारको ‘२.०’लाई प्रदर्शन अघि ३७० करोड

फिल्म ‘२.०’ बलिउडको सबैभन्दा महङ्गो फिल्म दाबी छ, जसको लागत पाँच सय करोड भनिएको छ। रजनिकान्तर अक्षय कुमार स्टारर फिल्मले प्रदर्शन अगावै लगानीको आधाभन्दा बढी रकम उठाएको छ।

शंखर निर्देशित फिल्म रोबोटको सिक्वेल तीन सय सत्तरी करोडमा विक्री भएको बलिउड हंगामाले जनाएको हो।फिल्मको डिजिटल र स्याटेलाइट राइट्सको लागि उक्त रकम लिइएको बताइएको छ।

निर्माण कम्पनी लाइका प्रोक्सनले ‘२.०’ को स्याटेलाइट राइट्स १२० करोड, डिजिटल राइट्स ६० करोडमा बेचेकोहो। त्यस्तै प्रदर्शन राइट्स भारतको उत्तरी भेगका लागि ८० करोड, आन्द्रा प्रदेशमा ७० करोड, कर्नाटकाका लागि २५करोड र केरालामा १५ करोडमा विक्री भयो।

आन्द्रा प्रदेश, तेलांगा, केराला र कर्नाटकाको प्रदर्शनबाट उठेको नाफा रकम भने निर्माण युनिटले नपाउने सहमतीभएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell