PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फ्राइडे रिलिज: एक नेपाली र दुई विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: एक नेपाली र दुई विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म‘ड्रिम गर्ल’ले सोलो रिलिजको मौका छोपेको हो।

ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मले सिंगल थिएटरमा सो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको छ। अन्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीको साथै वल्सिन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा, सुरविर पण्डित, शिशिर भण्डारी, तल्सी श्रेष्ठ, रुपा सुवेदी लगायतका कलाकारहरुले पनि रहेका छन्।

बलिउडका कुनै नयाँ फिल्म यो साता नेपाल रिलिज भएन। हलिउडका लागि ‘राल्फ ब्रेक्स दि इन्टरनेट’ र ‘रोबिन हुड’ सार्वजनिक भए। दुबै फिल्मले मल्टिप्लेक्समा सो पाएका छन्।

डिस्नीको एनिमेटेड अमेरिकन कमेडी ‘राल्फ ब्रेक्स दि इन्टरनेट’लाई रिच मुरेले निर्देशन गरेका हुन्। फिल्ममा जो सी रेइली, सारा सिल्भरम्यान, गल गडोट, जेन लिंस लगायतको अभिनय छ। फिल्म सन् २०१२ रिलिज ‘रेक इट राल्फ’को सिक्वेल हो।

त्यस्तै एक्सन एडभेन्चर ‘रोबिन हुड’लाई ओट्टो बाथ्रुस्टले निर्देशन गरेका हुन्। ट्यारोन एगर्टन, ज्यामी फक्स, बेन मेल्डेनसन, टिम मिनचिन लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell