PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

संवैधानिक इतिहासमा पहिलो पटक संसदीय समितिमा उभिएर जवाफ दिएका प्रधानन्यायाधीश गिरीको निधन



पहिलोपोस्ट

संवैधानिक इतिहासमा पहिलो पटक संसदीय समितिमा उभिएर जवाफ दिएका प्रधानन्यायाधीश गिरीको निधन
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग चिया खाँदै गरेका तत्कालीन प्रधान न्यायाधीश गिरी। फाइल फोटो : नेपाल समाचारपत्र

काठमाडौः नेपालको संवैधानिक इतिहासमा पहिलो पटक संसदीय सुनुवाई पार गरेर प्रधानन्यायाधीश भएका केदारप्रसाद गिरीको आज हृदयाघातका कारण निधन भएको छ।

गिरीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालका नायब महाप्रवन्धक आरपी मैनालीले पहिलोपोस्टलाई जानकारी दिए। मैनालीले भने, 'आज दिउँसो २ बजेतिर निधन भएको हो। दुई साता अगाडि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो।'

छातिको इन्फेक्सन, निमोनिया बढेपछि गिरीलाई अस्पताल भर्ना गराइएको अस्पतालले जानकारी दिएको छ।

११ वर्षअघि नेपालकै संवैधानिक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाई भएको थियो। यस क्रममा उनीविरुद्ध १६ वटा उजुरी परेका थिए। समितिमा उपस्थित भएर सबै उजुरीबारे सांसदहरुलाई गिरीले जवाफ दिएका थिए।

तर सांसदहरु उनको पक्ष वा विपक्षमा एकमत हुन सकेका थिएनन्। तत्कालीन अन्तरिम संविधान अनुसार उनको नियुक्ति संवैधानिक परिषद्को स्वविवेकमा निर्भर हुन पुगेको थियो।

२०६६ वैशाख २५ गतेदेखि २०६६ माघ २७ सम्म उनी प्रधान न्यायाधीश भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell