PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी



पहिलोपोस्ट

इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग पीपीपएल टी-२० का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ।

यसअघि स्कटल्याण्डका केल कोत्जरलाई भित्र्याएको राइनोजले इंग्ल्याण्डका अलराउण्डर पउल कघलिनलाई अनुबन्ध गरेको हो।

तीन विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार फ्रेन्चाइजहरुले विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन्।

भेट्रान स्पीनर शक्ति गौचनको कप्तानीमा रहेको पोखरामा विनोद भण्डारी, सुनिल धमला राजेश पुलामी मगर जस्ता खेलाडी छन्।

सन् २०११ मा नर्थम्बरल्याण्डमा आबद्ध भएका पउलले सन् २०१२ मा डर्हमका लागि खेल्दै फस्ट क्लास डेबुट गरेका थिए।

हाल नटिङह्याम्पसायरका लागि खेल्ने राइट ह्याण्ड ब्याट्सम्यान पउलले राइट आर्म मिडियम बलिङ गर्छन्।

पउल कघलिनको अनुबन्धले टिमलाई अझ बलियो बनाउने राइनोजले जनाएको छ।

पउलले नेपाल आउन र पोखदरा राइनोजको टिममेटसँग भेट्न आतुर रहेको प्रतिक्रिया दिएका छन्। उनले नेपालको क्रिकेट विकास भइरहेको र यहाँ आएर खेल्न पाउनु खुशीको कुरा भएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell