PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सहरमा तीन नाटक एकसाथ मञ्चन सुरु



पहिलोपोस्ट

सहरमा तीन नाटक एकसाथ मञ्चन सुरु

काठमाडौं: उपत्यकाका तीन नाटक घरमा शुक्रबारबाट तीन फरकफरक नाटक मञ्चन सुरु भएको छ। शुक्रबारबाट ‘सकुन्तलाको औंठी’, ‘सेम टाइम नेक्स्ट इयर’ र ‘अंधेरी नगरी चौपट राजा’ सुरु भएका हुन्।

सुरेन्द्र वर्माको कथा ‘सकुन्तलाको औंठी’लाई सुरज मल्लले निर्देशन गरेका हुन्। एक्टर्स स्टुडियोको प्रस्तुति रहेको नाटक शिल्पी थिएटरमा देखाइने छ। मङ्सिर ७ गतेदेखि पुस ७ गतेसम्म मङ्गलबार बाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुनेछ।

त्यस्तै ‘सेम टाइम नेक्स्ट इयर’लाई चे शंकरले निर्देशन गरेका हुन्। कौसी थिएटरमा मञ्चन हुने नाटकमा आकांक्षा कार्की र दिव्य देवको अभिनय देख्न सकिन्छ। नाटक मङ्सिर २९ गतेसम्म मङ्गलबार बाहेक हरेक साँझ ५ बजे देखाइने छ।

नाटक ‘अंधेरी नगरी चौपट राजा’ पुन: मञ्चन हुन लागेको हो। यसअघि कुञ्ज थिएटरमा देखाइएको नाटक योपटक मण्डला थिएटरमा हुँदैछ। सोमबार बाहेक हरेक दिन ५ बजे देखाइने छ।

शिल्पी थिएटर र मण्डला थिएटरमा शनिबार दिउसो एक बजे पनि अतिरिक्त सो रहेको छ। कौसी थिएटरमा भने शनिबार १:३० मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell