PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पुलिसको पुरानो साख फर्काउनेछौँ : प्रशिक्षक अनन्त थापा



पहिलोपोस्ट

पुलिसको पुरानो साख फर्काउनेछौँ : प्रशिक्षक अनन्त थापा

काठमाडौँ : कुनै समय थियो घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबको दबदबा थियो। लिग देखि नकआउट फुटबल सबैमा पुलिस अगाडी हुन्थ्यो। पुलिसले हार्न लागेको खेल पनि अन्तिममा जित्यो र कमब्याक गर्न सक्ने टोलीको छवी बनाएको थियो।

बीचमा केही समय पुलिसको प्रदर्शनन खस्कियो। स्वर्णिय युग मानिने ६० को दशकको टिममा रहेका खेलाडीले क्लब छाडेपछि पुलिसको प्रदर्शन पहिलेको जस्तो रहेन। हरी खड्का, रमेश बुढाथोकी, राकेश श्रेष्ठ, अनन्त तामाङ जस्ता खेलाडीले क्लब छाडेपछि पुलिस लड्खडायो।

जुमानु राई पनि पछिल्लो समय टिममा पर्न छाडे। डिफेण्डर रविन श्रेष्ठ चोटका कारण हाल टिममा छैनन् भने पुराना मध्ये भोला सिलवाल मात्र अहिले टिममा छन्।

साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिगमा नेपाल पुलिसले मिश्रित प्रदर्शन गरेको छ।

त्यही स्वर्णिम पुस्ताका खेलाडीमध्ये एक अनन्त थापाको प्रशिक्षणमा अहिले पुलिसको युवा टोली खेलिरहेको छ।

पुलिसले तीनमा तीन खेल खेलिसक्दा एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ।

शुक्रवार भएको विभागीय डर्बी भिडन्तमा पुलिस आर्मीसँग १-० ले पराजित भयो। प्रशिक्षक अनन्तले खेलाडीले राम्रो खेलेको तर स्कोर गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।

अहिलेको पुलिस टिममा कुनै स्टार खेलाडी छैनन् तर थापाको प्रशिक्षणमा टिमले सन्तुलित प्रदर्शन गरिरहेको छ। आर्मी विरुद्ध आफ्ना खेलाडीले राम्रो खेलेको भन्दै थापाले तारिफ नै गरे।

'हामीसँग स्टार छैन तर जे जस्ता खेलाडी छन् त्यसलाई कसरी बेटर बनाउने भनेर लागिरहेका छौँ। म पनि सक्दो रुपमा लागिरहेको छु। मलाई टिम हेर्न मुख्य प्रशिक्षकको जिम्मेवारी क्लबले लिएको छ। म त्यसमै लागिरहेको छ।' थापाले आर्मी विरुद्धको खेलपछि भने।

उनले पुलिस प्रतिस्पर्धात्मक खेल खेल्न रुचाउने भन्दै आगामी दिनमा अझ राम्रो खेल्ने बताए।

हामी फाइटिङ टिम हौँ र वि विल कमब्याक। आगामी दिनमा अझै राम्रो टिम बनाएर अगाडी बढ्नेछौँ। पुलिसको पुरानै साख फर्काउनेछौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell