PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भोलि विप्लवको काठमाडौँमा जनसभा, तयारीका लागि आजैदेखि प्रदर्शनी मार्गमा दुईतर्फी सवारी बन्द

भोलि विप्लवको काठमाडौँमा जनसभा, तयारीका लागि आजैदेखि प्रदर्शनी मार्गमा दुईतर्फी सवारी बन्द

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि मंसिर ८ गते शनिबार काठमाडौंमा जनसभा गर्ने भएको छ।

पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवसका रुपमा भोलिको कार्यक्रम गर्न लागेको पर्चा र पोस्टरिङ गरिएको छ। 

यसअघि खुलामञ्चमा हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने भनिएको थियो। तर अहिले भने पार्टीका प्रचार सामाग्रीहरुमा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने मात्रै लेखिएको छ। 

खुलामञ्चको पनि आधा भाग बसपार्कले ओगटेको र आधा भागमा दरबार हाइस्कूलका विद्यार्थीहरु पढ्नका लागि अस्थायी संरचना बनाइएको कारण जनसभा गर्ने ठाउँ नभएपछि पार्टीले भृकुटीमण्डप अगाडिको प्रदर्शनी मार्गमा कार्यक्रम गर्ने भएको छ। 

कार्यक्रमका लागि मञ्च तयार गर्ने काम विप्लवका कार्यकर्ताहरुले थालेकोले साँझ साढे ६ बजेदेखि प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधनहरु दुई तर्फी रुपमै बन्द भएका थिए। 

सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग वार्ता गर्न अस्वीकार गरेको विप्लवको पार्टीले जनसभाबाटै आफ्ना मागहरु राख्ने अपेक्षा गरिएको छ। 

सरकारले वार्तामा ल्याउनका लागि विप्लव समूहका नेताहरुलाई रिहा गर्दै अधिकांश मुद्दाहरु फिर्ता लिएको वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले बताउँदै आएका छन्। तर विप्लव समूहले औचित्यहिन वार्ता नगर्ने भन्दै आएको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell