PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिनाथमा भिख माग्दै युवा, २० फोटोमा हेर्नुस्

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिनाथमा भिख माग्दै युवा, २० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा  भिख मागेका छन्।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्। 

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन्। शनिवार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसँग एक एक रुपैया भिख मागेका हुन्। 

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्। युवाहरुले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell