PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

एसिया प्यासिफिक कार्यक्रममा सरकार सहआयोजक बनेकोमा काँग्रेसको आपत्ति



पहिलोपोस्ट

एसिया प्यासिफिक कार्यक्रममा सरकार सहआयोजक बनेकोमा काँग्रेसको आपत्ति
फाइल फोटो

काठमाडौं: काठमाडौँमा हुन लागेको 'द एसिया प्यासिफिक समिट २०१८'को कार्यक्रममा सरकार सह आयोजक बनेकोमा नेपाली काँग्रेसले विरोध गरेको छ।

शनिवार दिउँसो काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै सरकारको विरोध गरेका हुन्। प्रवक्ता शर्माले सरकारले आइएनजिओको कार्यक्रममा सहआयोजक बनेको विश्वमै नभएको बताए। 'विश्वमा कुनै पनि सरकार आइएनजिओको कार्यक्रममा सह आयोजक बन्दैन,' शर्माले भने।

कार्यक्रम धर्म प्रचारका लागिसमेत आयोजना हुन लागेको सुनिएको उल्लेख गर्दै उनले यो विषय संविधानको बर्खिलापमा रहेको बताए।

 युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले गर्न लागेको कार्यक्रम मङ्सिर १५ र १६ गते होटेल हयातमा सम्मेलन गर्न लागेको छ।

सम्मेलनका लागि बाँडिएको निम्तोपत्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell