PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

देउवाभन्दा ओली सरकारको दमन बढी, दलालको इशारामा चलिरहे ओली जनअदालतमा उभिनुपर्छ : प्रकाण्ड



विधुर ढकाल

देउवाभन्दा ओली सरकारको दमन बढी, दलालको इशारामा चलिरहे ओली जनअदालतमा उभिनुपर्छ : प्रकाण्ड

काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले कम्युनिष्ट सरकार आफ्नो पार्टी विरुद्ध दमनमा उत्रिएको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवसमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली सरकारले आफ्नो पार्टीलाई अघोषित घोषणा गरेर दमनमा उत्रिएको आरोप लगाएका हुन्। प्रकाण्डले दमन नरोके ओली सरकार जनताको अदालतमा उभिनुपर्ने चेतावनीसमेत दिए।

भने, 'दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गरेको छ। देउवा सरकारले भन्दा पनि बढी। सरकारले हाम्रो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको छ। दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ,' उनले थपे,'सरकारले पुष्टि गरेर देखाओस। हाम्रो पार्टी देश द्रोही हो भनेर।'

प्रकाण्डले रामबहादुर थापाको गृहप्रशासनविरुद्ध एकीकृत जनक्रान्ति आवश्यक रहेकोसमेत बताए।

त्यसैगरी उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्ने पार्टीको स्थापना गरेका उल्लेख गर्दै राजधानीमा सार्वजनिक कार्यक्रम गर्न ठाउँ नदिएकोले भृकुटीमण्डप सडकमा कार्यक्रम गरेको स्पष्टीकरण दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell