PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

धरानमा नेपथ्य साँझ



पहिलोपोस्ट

धरानमा नेपथ्य साँझ

पूर्व पश्चिम सांगीतिक यात्रामा रहेको लोकरक ब्यान्ड नेपथ्यको धरान कार्यक्रम सम्पन्न भयो। शुक्रबार बेलुकी ब्यान्डले धरान रंगशालामा ब्यान्डको नयाँ पुरानो गीत प्रस्तुत गरेको हो।

‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ।’

धरानमा कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो।

‘सा कर्णाली’र ‘सम्झिराख’ म्यूजिक भिडियो देखाए कार्यक्रम सुरु गरिएको थियो।  

स्थापनाको रजत वर्ष मनाउदै नेपथ्य विभिन्‍न राष्ट्रिय अनर्तर्राष्ट्रिय सांगीतिक यात्रामा सहभागी भएको छ। थी कार्यक्रमहरुमा ब्याण्डले आफूसँग आजसम्म आवद्धता राखेका पुराना सदस्यहरुको पनि स्मरण गर्दैआएको छ। यस गीतलाई प्रस्तुत गर्दा पृष्ठभागमा नेपथ्यका पुराना सदस्यहरुका विभिन्न कालखण्ड र घटनाहरु दर्शाउने गरि तस्बिर प्रस्तुत गर्ने गरिएको छ।

धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell