PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

निर्मलाका बुबा यज्ञराजको मानसिक अवस्था असामान्य, उपचारका लागि आजै काठमाडौं लगिँदै



एम बम

निर्मलाका बुबा यज्ञराजको मानसिक अवस्था असामान्य, उपचारका लागि आजै काठमाडौं लगिँदै

कैलाली : विगत १४ दिनदेखि धर्नामा बसेका निर्मला पन्तका बुबा ज्ञयराज पन्तको मानसिक अवस्था असामान्य बन्न थालेपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको छ। 

२४ सै घण्टा धर्नामा बसेका यराजले लुगा फुकालेर हिँड्ने, मानिसलाई गाली गर्ने, सडकमा दगुर्न खोज्ने, मुर्दावाद जिन्दावाद भन्दै हिँड्न थालेपछि काठमाडौं लैजाने तयारी गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।
 
‘हिजो उनको स्वास्थ्य अवस्थाबारे डाक्टरलाई बुझ्न लगाउदा मानसिक रुपमा केही समस्या आउन सक्ने डाक्टरले बताएका छन्,’ विष्टले भने ‘त्यसैले थप समस्या नआवस् भन्नका लागि काठमाडौं पठाउन लागिएको हो।’

धनगढीबाट साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा निर्मलाका बुबासहित आफन्त काठमाडौँ जाने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell