PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भूमिराजले जिते नेपालगन्ज म्याराथनको उपाधि, महिला हाफ म्याराथनमा कान्छीमाया च्याम्पियन



पहिलोपोस्ट

भूमिराजले जिते नेपालगन्ज म्याराथनको उपाधि, महिला हाफ म्याराथनमा कान्छीमाया च्याम्पियन

नेपालगन्ज : नेपाल पुलिसका भूमिराज राईले चौथो संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। शनिवार नेपालगन्जमा सम्पन्न म्याराथनमा राईले निर्धारित दूरी २ घण्टा ३३ मिनेट २० सेकेण्डमा पूरा गरे।

एपीएफका खिम बहादुर खत्री दोस्रो र गणेश ठकुरी तेस्रो भए। खिमले २ घण्टा ३५ मिनेट ३२ सेकेण्डमा दुरी पुरा गरे भने गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेण्ड लगाए।

भुमिराजले ६० हजार, खिमबहादुरले ३०, गणेशले २० हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी कान्छीमाया कोजुले जितिन्। उनले निर्धारित दूरी १ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरिन्। एपीएफकै वृन्दा धान्के श्रेष्ठ दोस्रो तथा कृष्णेश्वरी सिन्तकला तेस्रो भइन्।

वृन्दा निर्धारित दूरी १ घण्टा २५ मिनेट ४४ सेकेण्ड तथा कृष्णेश्वरीले १ घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरिन्।

कान्छिमायाले ३० हजार, वृन्दाले १५ र कृष्णेश्वरीले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell