PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतीय बक्सर मेरी कोम बनिन् सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडी



पहिलोपोस्ट

भारतीय बक्सर मेरी कोम बनिन् सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडी

भारतीय बक्सर मेरी कोमले वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छैटौँ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।

३५ वर्षीय मेरी कोले महिला ४८ केजी तौल समूहमा युक्रेनकी हान्ना ओखतालाई ५-० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्।

सन् २००६ मा दिल्लीमै स्वर्ण जितेयता कोमले घरेलु दर्शकका अगाडी स्वर्ण जितेकी यो पहिलो पटक हो।

सन् २०१० पछि वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी कोमले यो जित आफ्नो देशलाई समर्पित गर्न चाहेको बताइन्।

वुमन्स बक्सिङ वर्ल्ड च्याम्पियनसिपमा कोम ६ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन्। साथै उनले महिला र पुरुष दुवैमा गरी सर्वाधिक स्वर्ण जित्ने क्युवाका फेलिक्स साभोनको कीर्तिमान बराबरी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell