PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ला लिगा : रियल मड्रिड आइबरसँग ३-० ले पराजित



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड आइबरसँग ३-० ले पराजित

आइबरले ला लिगाको इतिहासमै पहिलो पटक रियल मड्रिडलाई पराजित गरेको छ। ला लिगा २०१८-१९ अन्तर्गत शनिवार भएको खेलमा आइवरले रियल मड्रिडलाई ३-० ले स्तब्ध बनायो।

घरेलु मैदानमा आइबरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्‍यो। 

आइबरका लागि खेलको १६औँ मिनेटमा गोन्जालो इस्कालान्टेले पहिलो गोल गरे। यस्तै सर्वी इनरिजले ५२औँ र किकेले ५७औँ मिनेटमा गोल गरे।

रुियल विरुद्ध ऐतिहासिक जित हात पारेपछि १३ खेलबाट १८ अंक जोडेको आइबर अंक तालिकामा १८ अंकसहित सातौँ स्थानमा उक्लेको छ।

यता सिजनको छैटौँ हार बेहोरेको रियल २० अंकसहित छैटौँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell