PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

निर्मलाका बुवालाई विमानबाट काठमाडौँ लैजाने प्रयास विफल, गाडीबाट लग्ने तयारी



एम बम

निर्मलाका बुवालाई विमानबाट काठमाडौँ लैजाने प्रयास विफल, गाडीबाट लग्ने तयारी

कैलाली : मानसिक स्थिति असामान्य देखिएपछि उपचारका लागि काठमाडौँ लग्ने भनिएका हत्या गरिएकी निर्मलाका बुवा यज्ञराज पन्तलाई विमानबाट काठमाडौँ लैजाने प्रयास शनिबार असफल भएको छ।
 
जथाभावी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरुलाई जथाभावी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि विमानबाट लैजान असहज भएको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्। अब उनलाई सार्वजनिक नभई निजी गाडीमार्फत् आजै राति काठमाडौ लग्ने तयारी छ। 

विमानबाट पठाउन नसकिए पछि प्रहरी सहित एउटा निजी गाडीबाट पठाउन लागिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।

`हामीले निजी गाडी खोजेका छौं । गाडी जाने तयारीमा छ, साथमा प्रहरी पनि छन्,´ उनले पहिलोपोस्टलाई भने।
 
पन्तलाई धनगढीबाट साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा काठमाडौँ लग्ने तयारी गरिएको थियो। 

निर्मलाका आफन्त विगत १२ दिनदेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell