PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ला लिगा : डेम्बेलेले ९०औँ मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगियो



पहिलोपोस्ट

ला लिगा : डेम्बेलेले ९०औँ मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगियो

ओसमान डेम्बेलेले खेलको अन्तिम समयमा गरेको गोल मद्दतमा बार्सिलोना स्पानिस ला लिगामा हारबाट जोगिएको छ। लिगा अन्तर्गत गएराती भएको खेलमा पहिलो स्थानको बार्सिलोनाले एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।

घरेलु मैदानमा डिएगो कोस्टाले ७७औँ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। तर एट्लेटिको जित नजिक पुगेका बेला ९०औँ मिनेटमा वैकल्पिक खेलाडी डेम्बेलेले गोल गर्खै खेल बराबरी गरे।

उनी ८०औँ मिनेटमा बर्थरको स्थानमा मैदान छिरेका थिए।

बराबरीपछि बार्सिलोना १३ खेलबाट २५ अंक जोड्दै पहिलो स्थानमा यथावत छ। समान खेलबाट २४ अंक रहेको ए६्लेटिको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको सेभिया २३ अंकसहित तेस्रो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell