
क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा यस सिजन नवौँ गोल गरेका छन्। युभेन्ट्सले एसपीएललाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायम राख्दा रोनाल्डोले पहिलो हाफमा एक गोल गरे।
युभेन्ट्सका लागि मारियो मनन्डुकिचले दोस्रो हाफमा एक गोल थपे
यस गोलपछि रोनाल्डोले यस सिजन सिरी ए मा गोल संख्या नौँ पुर्याएका छन् भने सर्वाधिक गोलकर्ताको सूचीमा जेनओका किर्टोफ पिएटेकसँगै पहिलो स्थानमा छन्।
यसै सिजनको सुरुमा रियल मड्रिडबाट इटालियन क्लब पुगेका रोनाल्डोले युभेन्ट्सका लागि सबै खाले प्रतियोगितामा गरी १६ खेल खेल्दै १० गोल गरिसकेका छन्। र क्लबको इतिहासमा यस्तो उपलब्धी सबैभन्दा चाँडै हात पार्ने खेलाडी बनेका छन्।
यस सिजन अपराजित रहँदै १३ खेलबाट ३५ अंक जोडेको युभेन्ट्स अंकतालिकामा पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टरको १३ खेलबाट २८ अंक छ। इन्टरले घरेलु मैदानमा फ्रोसिनोनलाई ३-० ले पराजित गर्यो।
यस्तै अरको खेलमा रोमा उडिनेजीसँग १-० ले पराजित भयो।