PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

महिलाको राज्यसंयन्त्रमा प्रतिनिधित्व दक्षिण एसियाकै लागि प्रेरणादायीः प्रधानमन्त्री



पहिलोपोस्ट

महिलाको राज्यसंयन्त्रमा प्रतिनिधित्व दक्षिण एसियाकै लागि प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक र अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्। 

प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ। प्रत्येक नेपाली महिलालाई बिना लैङ्गिक भेदभाव समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायत मौलिक हक प्रत्याभूत गरेको छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिलाहरु नै छन्। यो दक्षिण एसिया र विश्वकै लागि प्रेरणादायी छ।’

मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र भएकोले महासन्धि सरकारले पूर्ण पालना गर्ने पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता छ ।

व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र नै लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित हुने भएकोले यसका कारकहरूको निर्मूल गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

महिलालाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति रहेको पनि सन्देशमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell