PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते



पहिलोपोस्ट

कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

कैलालीः कैलालीको गौरीगंगा नगरपालिका -९ मा शनिबार साँझ बस र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बेलुकी करिब ७ बजे भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।

से १ च ५७५ नम्बरको जीप र ना ५ ख ७८७९ नम्बरको बस एकापसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा जीपमा सवार धनगढीका ४० वर्षीय जानकी देवी राना रहेको प्रहरीले जनाएको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा रानाको बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते जीप चालक हरिदुवारी रानाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य ५ घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय मुसरियाले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell