PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

महिला टी-२० विश्वकप: अष्ट्रेलिया चौथोपटक च्याम्पियन



पहिलोपोस्ट

महिला टी-२० विश्वकप: अष्ट्रेलिया चौथोपटक च्याम्पियन

अष्ट्रेलियाले चौथोपटक आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। वेष्टइन्डिजमा भएको छैटौँ संस्करणको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो।

फाइनलमा उत्कृष्ट बलिङ गरेको अष्ट्रेलियाले इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

सन् २००९ बाट सुरु भएको महिला टी-२० विश्वकपमा अष्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ मा गरी लगातार तीनपटक जितेको थियो। पहिलो संस्करणमा भने इंग्ल्याण्ड च्याम्पियन भएको थियो। यस्तै २०१६ मा अष्ट्रेलियालाई नै पराजित गर्दै वेष्ट इन्डिजले उपाधि जितेको थियो।

अष्ट्रेलियालाई चौथोपटक च्याम्पियन बनाउन अलराउण्ड प्रदर्शन गरेकी एस्लेइघ गार्डनरले बलिङमा ३ विकेट लिइन् भने ब्याटिङमा नटआउट ३३ रन बनाइन्। उनले २६ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरीन्। 

यस्तै कप्तान मेग लानिङले नटआउट २८ रन जोडिन् भने विकेटकिपर एलिस्सा हेलीले २२ रन जोडिन्। इंग्ल्याण्डका लागि उत्कृष्ट बलिङ गरेकी सोफी इक्लेस्टोनले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया २ बल अगावै १०५ रनमा अलआउट भएको थियो। अष्ट्रियाका लागि एस्लेइघ गार्डनरले सर्वाधिक ३ विकेट लिइन्। यस्तै जर्जिया वारेहम र मेगन स्चुटले २-२ विकेट लिइन्।

गार्डनरले इंग्ल्याण्डका लागि दोहोरो अंक जोड्ने दुई खेलाडी ड्यानिएल वाएड र हेथर नाइट सहित एन्या स्रुबसोलेलाई आउट गरिन्।

वाएटले सर्वाधिक ४३ रन बनाउँदा नाइटले २५ रन जोडिन्। गार्डेनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएकी हुन्।

यस्तै ३ ओभर बलिङ गरेकी वारेहमले १३ रन खर्चेर २ विकेट लिइन्। स्चुटले ३.४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell