PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'प्रसाद'मा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर



पहिलोपोस्ट

'प्रसाद'मा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर

काठमाडौं : फिल्म 'प्रसाद'का लागि नेपाल आइडलका विक्रम बरालले गीत रेकर्ड गरेका छन्। मंसिर २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मको तेश्रो गीतमा उनले स्वर दिएका हुन्।

सुवास भुषालको शब्द तथा संगीत रहेको गीत प्लेब्याकको रुपमा प्रयोग गरिने टिमले बताएको छ। फिल्मलाई दिनेश रावतले निर्देशन गरेका हुन्। गीतलाई फिल्म प्रदर्शनपछि मात्र युट्युबमा रिलिज गर्ने निर्देशक राउतले जनाए।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell