PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मनाङ र मुस्ताङमा हुँदै 'बीर विक्रम २'को छायाँकन



पहिलोपोस्ट

मनाङ र मुस्ताङमा हुँदै 'बीर विक्रम २'को छायाँकन

काठमाडौं : फिल्म 'बीर विक्रम २'को छायाँकन सुरु भएको छ। फिल्मको छायाँकन अहिले मनाङ र मुस्ताङमा भइरहेको छ। निर्माण टिमले छायाँकन स्थलबाट फिल्मका तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन देखिएका छन्।  

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भइरहेको फिल्मको गीतमा रंजीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द तथा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ।

फिल्ममा पल, वर्षा र नाजिरसँगै विनिसा भण्डारी,  बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाललगायतको अभिनय रहनेछ। प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिष शाहको सम्पादन रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell