PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

निगमका सिइओ कंसाकारलाई सांसदहरुको प्रश्न : निगम डुबाएर आफ्नै प्रशंसा गर्दै बस्ने? लाज लाग्दैन?



बीपी साह

निगमका सिइओ कंसाकारलाई सांसदहरुको प्रश्न : निगम डुबाएर आफ्नै प्रशंसा गर्दै बस्ने? लाज लाग्दैन?

काठमाडौं: सार्वजनिक लेखा समितिको बैठकमा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारमाथि सांसदहरु खनिएका छन्।

निगम घाटामा गएको अवस्थामा कंसाकारले आफूलाई सफल सिइओ भएको दाबी गरेपछि सांसदहरु उनीमाथि खनिएका हुन्।

लेखा समितिको बैठकमा वाइडबडी खरिद प्रकरणमा छलफल भइरहँदा कंसाकारले आफू सर्वोच्च अदालतबाट सफाई पाएको र अदालतले आफ्नो प्रशंसा गरेको व्यक्ति भएको प्रसंग निकालेका थिए।

छलफलमा उठेको प्रश्नको जवाफको साटोमा कंसाकारले खरिद प्रक्रियामा सात वटा समिति बनेको फेहरिस्त सुनाएपछि सांसदहरुले उनीमाथि प्रश्न वर्षाए।

सांसद मिनेन्द्र रिजालले भने, 'तपाईको प्रशंसा हामीलाई के मतलब? यहाँ उठेको प्रश्न को जवाफ दिनुस्। तपाईले आफूलाई राम्रो भन्ने अनि निगम डुबाउने?'

यता अर्का सांसद अमनलाल मोदीले सर्वोच्चले सफाई दिँदैमा जनताले सफाई नदिएको तर्क गरे।

सांसद प्रेम आलेले चर्किँदै सोधे, 'तपाईलाई लाज लाग्दैन, आफूलाई सफल सिइओ भन्न? खरिद प्रकरणमा यति ठूलो भ्रष्टाचार भएको छ। अब प्लेन थन्काएर के अब निजी कम्पनीलाई टायर बेच्ने तयारी छ?'

सांसद विरोध खतिवडाले कंसाकारलाई सर्वोच्चले दिएको २१ पेजको विवरण माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell