PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

१२ वर्षपछि 'ए मान्छे' लिएर आए सचिन



पहिलोपोस्ट

१२ वर्षपछि 'ए मान्छे' लिएर आए सचिन

काठमाडौं : गायक सचिन रौनियारले 'ए मान्छे' बोलको गीत सार्वजनिक गरेका छन्। १२ वर्षपछि यसै गीतमार्फत उनले संगीतमा कमब्याक गरेका हुन्। प्रकाश सापकोटाको शब्द रहेको गीतमा जितेन लेप्चाको संगीत छ।

गीतको भिडियोमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधर देखिएका छन्। सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ।  गीतमा उत्सव दाहाल र विजय बस्नेतको छायाँकन छ।

२०४३ सालमा पहिलो एल्बम 'सर्च' बजारमा ल्याएका सचिनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। यसअघि स्पर्श, नशा, सारेगामा सार्वजनिक गरेका थिए।  

नयाँ गीत ल्याउन समय लागेको बताउँछन् सचिन। भने 'म संगीतबाट टाढा त थिइनँ। तर, नयाँ गीतको साथ आउन पनि सकिनँ। केही नयाँ गर्ने सोच्दा सोच्दै समय वितेको पत्तै पाइदो रहेनछ। १२ वर्ष भइसकेछ। यसपटक नयाँ परिवेश, प्रविधिमा काम गर्दा फरक र रमाइलो अनुभूति भयो। आफुलाई अपडेट गराउने अवसर पाएँ। पप लोक फ्युजन शैलीको गीत तयार पार्न झन्डै मलाइ ९ महिना लाग्यो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell