PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

टी-१० क्रिकेट : तेस्रो खेलमा सन्दीपले लिए २ विकेट



पहिलोपोस्ट

टी-१० क्रिकेट : तेस्रो खेलमा सन्दीपले लिए २ विकेट

काठमाडौँ : युएईमा भइरहेको टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिएका छन्।

सन्दीपले आइतवार केरा किंग्सबाट खेल्दै राजतपुतका दुई खेलाडीलाई आउट गरे।

पहिलो खेलमै उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका सन्दीपले दोस्रो खेलमा एक विकेट लिएका थिए।

राजपुत विरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपले पहिलो ओभरमै विष्फोटक ब्याट्सम्यान मोहमद शेहजादलाई आउट गरेका थिए।

यस्तै आफ्नो स्पेशको दोस्रो ओभरमा सन्दीपले कार्लोस ब्रेथवेइटलाई आउट गरेका थिए। दुवै खेलाडी समान १ रनमा आउट भए।

सन्दीपले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका हुन्।

सन्दीपले अहिलेसम्म तीन खेलबाट कूल ६ विकेट लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell