
बार्सिलोनालाई पछि पार्दै सेभिया स्पानिस ला लिगामा पहिलो स्थानमा उक्लेको छ।
गएराती भएको खेलमा सेभिया रियल भाल्लाडोलिडलाई १-० ले पराजित गर्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको हो।
घरेलु मैदानमा भएको खेलमा आन्द्रे शिल्भाले ३०औँ मिनेटमा गरेको गोल नै सेभियाको जितमा निर्णायक बन्यो।
जितपछि सेभियाले १३ खेलबाट २६ अंक जोडेको छ। समान खेलबाट २५ अंक जोडेको बार्सिलोना दोस्रो र २४ अंक रहेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ।
ला लिगाकै अर्को खेलमा पाँचौ स्थानको स्पानयोल जिरोनासँग ३-१ ले पराजित भएको छ।
Two team league...? 🤪#LaLigaSantander pic.twitter.com/Qugc8HBQzU
— LaLiga (@LaLigaEN) November 25, 2018