PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ए डिभिजन लिग : आजबाट चौथो चरण सुरु हुँदै, तीन खेल हुने



पहिलोपोस्ट

ए डिभिजन लिग : आजबाट चौथो चरण सुरु हुँदै, तीन खेल हुने

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट चौथो चरणका खेलहरु हुँदैछन्। 

आज चौथो चरणको पहिलो तीद्द खेल हुनेछ। जसम्धये दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा र एक खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ।

दुई अपराजित टोली सिएमजी संकटा र विभागीय टोली त्रिभुवन बर्मी एन्फा कम्प्लेक्समा बिहान ११ बजे भिड्दैछन्। संकटाले शतप्रतिसत जित हात पार्ने क्रममा लगातार तीन खेल जितेको छ। उसले मनाङसँगै समान ९ अंक जोडेको छ। यस्तै दुई जित र एक बराबरीको नतिजासहित ७ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ।

दुवै टोलीले आज तीन अंक हात पार्नका लागि खेल्ने बताएका छन्। संकटाले यसअघिको तीन खेल जित्दा पाँच गोल गरेको छ भने कुनै गोल खाएको छैन। उसले यस सिजन पहिलो पटक ठूलो क्लबसँग खेल्दैछ। आर्मीले पहिलो खेलमै एनबरटीसँग बराबरी खेलेपनि त्यसपछि च्यासल र नेपाल पुलिससँग संघर्षपूर्ण जित हात पारेको थियो।

यस्तै एन्फा कम्प्लेक्समै दिउँसो २:३० बजे हुने खेलमा चौथो स्थानको थ्री स्टारले एनआरटीसँग खेल्दैछ। लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो। एनआरटी विरुद्ध जित हासिल गर्दै थ्री स्टारलाई पुनरागमन गर्ने मौका छ। 

एनआरटीले पहिलो खेलमा आर्मीसँग अंक बाँड्नु बाहेक त्यसयता राम्रो खेल्न सकेको छैन। पछिल्लो खेलमा च्यासलसँग ५-१ ले पराजत भएको थियो। थ्री स्टारका सशायक प्रशिक्षक अशोक राईले आफूहरु जित्नकै लागी खेल्ने बताइरहँदा एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने बलियो थ्री स्टारसँग अंक खोस्ने रणनीतिका साथ खेल्ने बताएका छन्।

यसैगरी दिउासो २:३० बजे हलचोकमा विभागीय क्लब नेपाल पुलिस र च्यासल युथ क्लबबीच खेल हुँदैछ। दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेको छ, एक जित, एक बराबरि र एक हा। दुवैको समान ४ अंक छ। आजको खेलमा जित हात पार्दै अंक तालिकामा माथि उक्लने दाउमा छन् दुवै टोली। 

युवा खेलाडीहरु रहेको पुलिस सन्तुलित र बल पोसेसन राखेर खेल्ने टोलीको रुपमा देखिएपनि स्कोरिङमा भने समस्या देखिएको छ। प्रशिक्षक अनन्त तामाङले च्यासल राम्रो टिम भएकोले कमजोरी सुधार गर्दै तीन अंकका लागि खेल्ने बताएका छन्।

राष्ट्रिय टिमका विमल घर्ती मगर, हेमन्त थापा मगर, जापानबाट फर्केका सन्तोष साउखल जस्ता खेलाडी रहेको च्याससले लिगको सुरुमा संघर्ष गरेपछि पछिल्लो खेलमा एनबरटीलाई ५ गोल गरेर आफ्नो क्षमता भने देखाएको छ। उक्त जितपछि प्रशिक्षक राजुकाजी शाक्यले केही राहत मिलेको प्रतिक्रिया दिएका थिए। सन्तुलित टोली पुलिस र स्टार खेलाडी रहेको च्यासबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell