दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि अब पालो प्रियंका चोपडा र निक जोनसको हो। उनीहरु यहि डिसेम्बर २ मा जोधपुरमा विवाह गर्दैछन्। विवाहका लागि हलिउड गायक निक पनि भारत आइसकेका छन्।
हालै प्रियंका र निक मुम्बइ एरपोर्टमा देखिएका थिए। यसअघि प्रियंका फिल्म 'द स्काई इज पिंक'को सुटिङका लागि दिल्लीमा थिइन्। निक प्रियंकालाई भेट्न दिल्ली पुगेका थिए।
त्यसपछि दुवैजनासँगै मुम्बइदेखि जोधपुर उडेका हुन्। द हिन्दुस्तान टाइमम्सका अनुसार नोभेम्बर २९ बाट सुरु हुने विवाह कार्यक्रम डिसेम्बर २ सम्म चल्नेछ। निक र प्रियंकाको प्रेम भने मेट गालाको भेटबाट सुरु भएको हो। गत अगस्टमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए।