
काठमाडौं : गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'मा संगीतकार अर्जुन पोख्रेलको विवाहका लागि कन्या आह्वान गरियो। निर्णायक प्रमोद खरेललले पोख्रेलका लागि कन्या खोजिदिने जिम्मा पाएको बताए। पोख्रेल सोमा अतिथिका रुपमा पुगेका थिए।
कार्यक्रममा अर्जुनले सधै विवाहका लागि कन्या खोजिदिन प्रमोदलाई आग्रह गर्ने कुरा पनि बाहिरियो। प्रमोदले कार्यक्रममा भने 'नेपालमा अविवाहित भएर पनि अहिलेसम्म ब्याक टू ब्याक हिट गीत दिने संगीतकार अर्जुन पोखरेल हो, मलाई अर्जुनले बारम्बार एकजना सुकन्या खोजिदिनु भन्नुहुन्थ्यो, यो भ्वाइस अफ नेपालको स्टेजबाट सुकन्याको लागि आह्वान पनि गर्छु।'
अर्जुनले पछिल्लो समय फिल्म इन्डष्ट्रीलाई हिट गीत दिएका छन्। निर्णायक सनुपले पनि अर्जुनको प्रशंसा गरेका थिए। सोमा भने दिप र अभयाका टिमबाट दुईजना प्रतियोगीहरुले प्रस्तुति दिए।