
काठमाडौं : फिल्म 'रणवीर' प्रदर्शनको तयारीमा छ। हालै निर्माण टिमले फिल्मको फस्ट लुक पनि सार्वजनिक गर्यो। फस्ट लुकमा फिल्मका मुख्य कलाकार सुशील सिटौला फिचर्ड छन्।
नेपाली र अंग्रेजी टाइटलमा सार्वजनिक भएका दुई पोस्टरमा सिटौला 'एन्ग्री लुक्स'मा देखिएका छन्। फिल्म आगामी माघ १८ मा प्रदर्शनमा आउनेछ। फिल्मको लागि सिटौलाले आफ्नो तौलसमेत बढाएको बताए। उनले फिल्मका लागि ७० केजीबाट १५ किलो बढाएर ८५ केजी तौल बढाएका हुन्। तौल बढाउन नौ महिना नियमित जिम गरेको बताउँछन् सुशील।
फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। एक्सन विधामा बनेको फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मालगायतको अभिनय छ।
फिल्मको दुई गीतको छायाँकन गर्न बाँकी रहेको निर्माता दीपेन्द्रले जानकारी दिए। टिमले गीतको छायाँकन १५ मंसिरबाट हुनेछ।