PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

भाइको हत्या अभियोगमा दाजु पक्राउ



पहिलोपोस्ट

भाइको हत्या अभियोगमा दाजु पक्राउ

बेत्रावतीः प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ। दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell