PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

१५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ



पहिलोपोस्ट

१५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

ताप्लेजुङः पन्ध्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए।

यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell