PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कैलालीमा बस दुर्घटना, २५ जना घाइते



पहिलोपोस्ट

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

धनगढीः पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए। घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ। दुर्घटनाबाट पुलमा क्षति पुगेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell