PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

फ्यानसँग माफी माग्दै आमिर खान : 'ठग्स अफ हिन्दुस्तान'ले मनोरञ्जन दिन सकेन



पहिलोपोस्ट

फ्यानसँग माफी माग्दै आमिर खान :  'ठग्स अफ हिन्दुस्तान'ले मनोरञ्जन दिन सकेन

बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान'ले दर्शकलाई निराश बनायो। विशेष त आमिर खानका फ्यानहरुलाई। बलिउड पर्फेक्सनिस्ट आमिर खानले हालै पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना फ्यानहरुसँग माफी मागेका छन्।

यो वर्षकै बहुप्रतिक्षित मानिएको फिल्मले दर्शकको अपेक्षा पुरा नगरेपछि फ्यान आमिरबाट निराश भएका थिए। ७००० पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मबाट १५० करोड कमाउन पनि हम्मे भयो।

५३ वर्षिय आमिरले भने 'फिल्मलाई दर्शकले रुचाएनन्, त्यसको जिम्मेवारी म लिन्छु। हामीले सक्दो प्रयास गर्‍यौं तर असफल भयौं। फिल्मलाई थोरै दर्शकले रुचाइदिनुभयो। म दर्शकसँग माफी माग्न चाहन्छु किनकी मैले उहाँहरुलाई मनोरञ्जन दिन सकिन। जति कोसिस गर्दा पनि उहाँहरुलाई मनोरञ्जन दिने किसिमको फिल्म बनेन।'

समिक्षकले पनि आमिरको फिल्मलाई रुचाएनन्। यसखघि उनले 'दंगल', 'थ्री इडियट्स', 'पीके'लयागतको फिल्म गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell