PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ए डिभिजन लिग : सरस्वती युथ क्लबको लगातार दोस्रो जित



पहिलोपोस्ट

ए डिभिजन लिग : सरस्वती युथ क्लबको लगातार दोस्रो जित

काठमाडौँ : सरस्‍वती युथ क्‍लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा मंगलवार ब्रिगेड ब्वाइजलाई पराजित गरेको छ।

सुरुवाती दुई खेलमा हार बेहोरेको सरस्वतीले यसअघिको खेलमा फ्रेण्ड्सलाई ३-० ले पराजित गर्दै पहिलो जित हात पारेको थियो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको मंगलवारको खेलमा सरस्वतीले ब्रिगेडलाई २-१ ले पराजित गरेको हो।

लगातार दुई जितपछि चार खेलबाट ६ अंक जोडेको कोटेश्वरको सरस्वती क्लब अंकतालिकामा सातौँ स्थानमा उक्लेको छ। 

खेलको तेस्रो मिनेटमै विनोद केसीले दिपेश श्रेष्ठको क्रसमा गोल गर्दै सरस्‍वतीलाई पहिले अग्रता दिलाएका थिए। उक्त अग्रता लामो समय टिकेन। सातौँ मिनेटमै ब्रिगेडका लागि अबुद एनसिहले बराबरी गोल फर्काए।

५२औँ मिनेटमा फ्रान्सिस ओन्यामाले गोल गर्दै सरस्वतीले पुन: अग्रता दिलाए। उक्त अग्रता कायम राख्दै सरस्वतीले खेल जितेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell