PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

दुई दिवसीय क्रिकेट प्रतियोगिता गर्ने योजनामा राखेप



पहिलोपोस्ट

दुई दिवसीय क्रिकेट प्रतियोगिता गर्ने योजनामा राखेप

काठमाडौँ : नेपाल आइसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त क्रिकेट खेल्ने देश हो। तर यही नै खेर नेपाल क्रिकेट संघ क्यान आइसीसीकै निलम्बनको भूमरीमा रुमलिरहेको छ। अनी अहिले नेपालमा टी-२० क्रिकेट मात्र भइरहेको छ भन्दा फरक नपर्ला। तीन वटा अन्तर्राष्ट्रिय स्तरका आइसीसीको मान्यता प्राप्त प्रतियोगिता हुन्छ।

तर देशको क्रिकेट विकासमा महत्वपूर्ण हिस्सा ओगट्ने ५० ओभरको वानडे क्रिकेट नेपालमा बिरलै मात्र हुन्छ। क्यान निलम्बन भएपछि त झन् ५० ओभरको खेलको नाममा राष्ट्रिय खेलकुद परिषद्ले गर्ने पीएम कप मात्र हो। अझ दुई दिवसीय क्रिकेट नभएको त दशक भइसक्यो।

क्यान निलम्बन रहेको र ५० ओभरको क्रिकेट गतिविधि समेत कम भइरहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले भने छिटै दुई दिवसीय क्रिकेट आयोजना गर्ने जनाएको छ।

राखेपका सदस्य सचिव केशव कुमार विष्टले सोमवार दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन्।

इनरुवमा आगामी पुष तेस्रो साता देखि एमएम कप वान डे क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिन आयोजित कार्यक्रममा विष्टले यस बारे जानकारी दिएका हुन्।

विष्टले आगामी पुस-माघ मै यो प्रतियोगिता गर्ने र त्यसका लागि राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटासँग छलफल गरिसकेको बताए।

टमाटाले पनि यस बारेमा छलफल भइरहेको र ९० वा १०५ ओभरको प्रतियोगिता गर्ने जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell