PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ए डिभिजन लिग : लगातार चौथो खेल जित्दै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

ए डिभिजन लिग : लगातार चौथो खेल जित्दै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा फर्कियो

काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिसत नतिजा हात पार्ने एक मात्र टोली बन्दै एक दिनपछि नै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

लिग अन्तर्गत मंगलवार भएको चौथो चरणको खेलमा मनाङले विभागीय टोली एपीएफलाई २-१ ले पराजित गर्‍यो। मनाङ यस सिजन लिगमा चार खेल जित्ने एक मात्र टोली हो। चार जितपछि १२ अंक जोडेको मनाङले आर्मीलाई २ अकले पछि पारेको छ।

चार खेलबाट अपराजित रहँदै आर्मीले १० अंक जोडेको छ।

एन्‍फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलको विदेशी खेलाडी अडेलाजा सोमिडले १९औँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।

२७औँ मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

पहिलो हाफ सकिन एक मिनेट अगाडी अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा कुनै गोल नहुँदा मनाङ पहिलो हाफकै स्कोर कायम राख्दै विजयी भएको हो।

मनाङले चार खेल खेल्दा तीन खेलमा गोल खाएको छ भने एक खेलमा मात्र क्लिनसिट राख्न सफल भएको थियो। मनाङे ब्रिगेड ब्वाइजलाई ३-१ ले, एनआरटीलाई २-० र थ्री स्टारलाई २-१ ले पराजित गरेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell