PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

'प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास' समाचार लेख्ने पोस्टपाटी अनलाइनका सम्पादक पक्राउ



पहिलोपोस्ट

'प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास' समाचार लेख्ने पोस्टपाटी अनलाइनका सम्पादक पक्राउ

काठमाडौंः प्रहरीले पोस्ट पाटी डट कमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ। चन्दलाई भ्रामक समाचार प्रकाशित गरेको आरोपमा पक्राउ गरिएको हो। 

केही दिन अगाडि चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी प्रहार भएको भन्दै समाचार प्रकाशित भएको थियो। 

उक्त समाचारलाई प्रचण्डको सचिवालयले खण्डनसमेत गरिसकेको थियो। 

प्रचण्ड गत ६ गते चितवन जाँदा चितवनको कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास भन्ने समाचार प्रकाशित भएको थियो। महाशाखाको टोली आज दिउँसो चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

रोल्पा गंगादेव वडा नं. ३ का चन्दलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell