PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

आठौं राष्ट्रिय खेलकुद : जिल्ला छनोट शुक्रबारदेखि



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुद : जिल्ला छनोट शुक्रबारदेखि

काठमाडौं : प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ। जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन्।

आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ। २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन। यि ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिने छ।

जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन्। जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रुपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell