PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मनकामना मन्दिर आजदेखि पुनः सर्वसाधरणका लागि खुला



पहिलोपोस्ट

मनकामना मन्दिर आजदेखि पुनः सर्वसाधरणका लागि खुला

काठमाडौँः गोरखामा रहेको मनकामना मन्दिर जीर्णोदारपछि आजबाट दर्शनार्थीको लागि खुला गरिएको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा मन्दिर दक्षिण पश्चिम ढल्किएपछि मन्दिर जीर्ण बन्दै गएपछि पुनर्निर्माण सुरु गरिएको थियो। मन्दिरको पुनर्निर्माण गर्न करिब १५ करोड रुपैयाँ लागेको मन्दिर व्यवस्थापन समितिका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

भुकम्पपछि मन्दिरमा सर्वसाधरणलाई पूजा गर्न रोक लगाइएको थियो। सचिव श्रेष्ठले भने, 'मन्द्रिरको पुरै निर्माण सकिएको छैन तर दर्शनार्थीको गुनासो बढेपछि आजबाट दर्शनको लागि खुल्ला गरिएको हो।'

मन्दिरमा तामाको छानामाथि सुनको जलप लगाइएको छ। मन्दिरको छानामा करिब नौ करोड रुपैयाँ बराबरको सुनको जलप लगाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। मन्दिरमा दैनिक ५ हजारदेखि ७ हजारसम्मले दर्शन गर्ने गरेको श्रेष्ठ बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell