PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

टेकु पुल नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु



पहिलोपोस्ट

टेकु पुल नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँः काठमाडौंको टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को जीवन सिंह रहेका छन्। सिंहलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि सवारी साधनसहित फरार रहेको चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell