PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

सहसचिव चन्द्रमान श्रेष्ठले खरिद गरेको घर किन गरे अर्कैको नाममा दर्ता?  घरधनीलाई अख्तियारले बोलायो



पहिलोपोस्ट

सहसचिव चन्द्रमान श्रेष्ठले खरिद गरेको घर किन गरे अर्कैको नाममा दर्ता?  घरधनीलाई अख्तियारले बोलायो

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिव चन्द्रमान श्रेष्ठको अकुत सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा एक महिलालाई बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

अख्तियारले श्रेष्ठले किनेको घर के/कति कारणले तपाईँको नाममा दर्ता भएको हो भन्ने जानकारीका लागि बोलाएको हो। यसअघि घरमै सूचना दिए पनि नआएको भन्दै अख्तियारले सात दिनको समय दिएर बुधबार सार्वजनिक सूचना जारी गरेको हो।

अख्तियारले जारी गरेको सार्वजनिक सूचना अनुसार सहसचिव श्रेष्ठले काठमाडौँ बाफलमा २०६५ माघ २१ गते कित्ता नम्बर २३४ को चार आना एक पैसा जग्गामा बनेको अढाई तले घर खरिद गरेका थिए। अख्तियारले उक्त खरिदलाई पदको दुरुपयोग गरी स्रोत नखुलेको अकुत सम्पत्तिबाट गरेको खरिद भनेको छ।

अख्तियारका अनुसार खरिद गरेको घर/जग्गा नवलपरासीकी भगवती योगीका नाममा दर्ता छ। 

अख्तियारले योगीलाई बयानका लागि प्रहरीमार्फत् घरमै सूचना दिए पनि नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो।

सहसचिव श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell