PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

बुटवलमा नेपथ्यको कन्सर्ट: माइक बन्द भयो, गीत रोकिएन



पहिलोपोस्ट

बुटवलमा नेपथ्यको कन्सर्ट: माइक बन्द भयो, गीत रोकिएन

लोकपप ब्यान्ड नेपथ्य पूर्वपश्चिम सांगीतिक यात्रामा छ। यात्राको कार्यक्रम अन्तर्गत बुटवलको कार्यक्रममा ब्यान्डले प्राविधिक समस्या भोग्नु पर्‍यो। कन्सर्ट चलिरहेको थियो, दर्शक ‘गाउँ गाउँबाट उठ’ बोलको गीतको तालमा उफ्रिरहेका थिए। अचानक दुईवटामध्य एउटा जेनरेटर बन्द भयो। जुन, जेनरेटरको सम्पर्क कार्यक्रमस्थलको माइकहरुसँग थियो।  माइकहरु बन्द भए।

तर, गीत रोकिएन। दुइ मिनेटसम्म बुटवलको ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा जम्मा भएका करिब चार हजार दर्शकले एकसाथ ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे।

स्टेजमा बसेका अमृत भने तलबाट आएको गीत सुनेर हात हल्लाइ रहे। दुई मिनेटपछि बत्ती आयो र फेरि पूर्ववत् कार्यक्रम अघि बढ्यो। 

‘सुरुमा अँत्यास लागेको थियो,’ गायक अमृत भन्छन्, ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शक बीचको सामिप्यले प्रविधिलाई पनि जितेको महशुस भयो।’

यसरी बुटवलस्थित आयोजित नेपथ्य कन्सर्ट फरक अनुभवका साथ सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपथ्यले ‘यानीमाया’, ‘सालैजो’, ‘लेकैको कुहिरो औंलै’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’,‘शिरफूल शिरैमा’ लगायत गीत सुनाएको थियो।

बुटवल कन्सर्ट ‘यस नेपाल’ले आयोजना गरेको हो। आगामी प्रस्तुतिको निम्ति धनगढीतर्फ जाने भएको छ। धनगढीको कार्यक्रम मंसिर १३ गते सम्पन्न हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell