
काठमाडौँ : हिमालयन शेर्पाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई कायम राखेको छ।
लिग अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र क्लबलाई २-० ले पराजित गर्दै हिमालयन शेर्पाले चार खेलसम्म अपराजित यात्रा कायम राखेको छ । यस्तै तेस्रो जित हात पारेको शेर्पा चार खेलबाट १० अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा समेत उक्लेको छ।
समान अंक रहेको आर्मी गोलअन्तरमा अगाडी रहँदै दोस्रोमा छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी र आर्मीसँगै हिमालयन शेर्पा यस सिजन लिगमा अपराजित छ।
एन्फा कम्प्लेक्समा भंएको खेलमा हिमालयन शेर्पाले दुवै हाफमा एक-एक गोल गर्लायो। २१औँ मिनेटमा आशिस गुरुङले गोल गर्दै हेर्पालाई अग्रता दिलाएका थिए।
खेल सकिन एक मिनेट अगाडी कर्ण लिम्बुले गोल गर्दै शेर्पालाई जित दिलाए।
यस सिजन मछिन्द्रको यो दोस्रो हार हो। चार खेल खेलिसक्कदा मछिन्द्रले २ अंक मात्र जोडेको छ। मछिन्द्रले दुई खेलमा बराबरी खेलेको थियो भने दुई खेलमा हार बेहोरेको हो।