PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वाइडबडी खरिद एेनअनुसार किनेको हो कि होइन? सात दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन



बीपी साह

वाइडबडी खरिद एेनअनुसार किनेको हो कि होइन? सात दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं: सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले उक्त निर्देशन दिएका हुन्।

समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद एेनअनुसार भएको छ कि छैन? भनी प्रश्न गरेका थिए।

जवाफमा कार्यालयका सचिव रेग्मीले अहिले नै औपचारिक रुपमा जानकारी दिन नमिल्ने बताए।

यता निर्देशक शर्माले भने यसबारे अध्ययन गर्नका लागि समय माग गरे। उनले भने, 'समय चाहियो। हामी अध्ययन गरी प्रतिवेदन पेश गर्नेछौं।'

कार्यालयले समय माग गरेपछि समितिले सात दिनको म्याद दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell