
'स्पन्जीबव स्क्वायर प्यान्ट्स'लाई निर्माण गरेका स्टेफेन हिलेनवर्गको निधन भएको छ। ५७ वर्षको उमेरमा उनको निधन भएको हो। उनले निर्माण गरेको 'स्पन्जीबव स्क्वायर प्यान्ट्स'को कार्टुन १९९९ देखि निकोलोडियन टेलिभिजनबाट प्रशारणमा छ।
उनको निधनको खबरले अहिले एनिमेसन इन्डस्ट्री शोकमा परेको छ। उनले कार्टुन मात्र निर्माण गरेका थिएनन्। २००४ मा उनले 'स्पन्जबव स्क्वायर प्यान्ट्स'को फिल्म नै बनाएका थिए। निकोलोडियन टेलिभिजनको हिट कार्टुन हो 'स्पन्जबव'।
'स्पन्जबव'को फिल्ममा भने हलिउड अभिनेता डेभिड हसेलोफले अभिनय गरेका थिए।
स्पन्जबवका फ्यानहरु सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिइरहेका छन्। उनले निर्माण गरेको स्पन्जबवले दशकदेखि दर्शकलाई हसाउँदै आएको छ।