PahiloPost

May 15, 2025 | २ जेठ २०८२

सिआइबीमा जागिर पक्का भएको नियुक्तीपत्र दिएर ठगी गर्ने एक पक्राउ



राधेश्याम पटेल

सिआइबीमा जागिर पक्का भएको नियुक्तीपत्र दिएर ठगी गर्ने एक पक्राउ

वीरगंज: गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा धोबिनी गाउँपालिका वडा नं.३ हरिहरपुर घर भई हाल वीरगंज – १३ डेरा गरी बस्ने २६ वर्षे आलोककुमार पाण्डेय भन्ने सन्तोषकुमार पाण्डेयलाई पक्राउ गरेको हो। 

तीन जनालाई जागिर लगाइ दिने भन्दै ७ लाख २० हजार रुपैयाँ लिएको खुलेपछि उनलाई पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

उनले बारा, सुवर्ण गाउँपालिका –.५ का प्रदिपकुमार ठाकुरलाई १ लाख ७० हजारमा र बारा महागढीमाई नगरपालिका –२ का उमेश ठाकुरलाई एक लाख ५० हजारमा राष्ट्रिय अनुसन्धानको प्रहरी जवानमा जागिर लगाइ दिने भन्दै ठगी गरेका थिए। यसैगरी बारा महागढीमाई नगरपालिका– १ का धिरेन्द्र कुशवाहालाई ७ लाखमा अनुसन्धानको असई बनाउने भन्दै ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।

पाण्डेयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नामसहितको दस्तखत गरेको नियुक्त पत्रसमेत दिई तीनै जनाबाट ७ लाख २० हजार ठगी गरेको रकमसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। आज पर्सा जिल्ला अदालतमा पेश गरी सात दिनको म्याद थप गराई थुनामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell